२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

विवादपछि संवादतर्फ अमेरिका-कोलम्बिया, पेट्रोलाई भेट्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दामा छलफल गर्न दुई पक्षबीचमा फोन वार्ता  भएपछि ह्वाइट हाउसमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेटको व्यवस्था गरिएको घोषणा गरेका छन् । 

ट्रपले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै पेट्रोले आफूलाई दुई पक्षबीचको मतभेदको व्याख्या गर्न बोलाएको जनाउँदै  निकट भविष्यमा उनलाई भेट्न आफू उत्सुक रहेको बताएका छन् ।  



राष्ट्रपति ट्रम्पले राज्य सचिव मार्को रुबियो र कोलम्बियाका विदेश मन्त्री बीच छलफलको  लागि आवश्यक व्यवस्था भइरहेको  उल्लेख गर्दै बैठक ह्वाइट हाउसमा हुने पुष्टि गरेका छन् । 

यसैबीच कोलम्बियाका मिडियाहरुले राष्ट्रपति पेट्रोलाई उद्धृत गर्दै उनले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग फोनमा कुरा गरेको र बोगोटा र वासिङ्टनबिच प्रत्यक्ष सञ्चार च्यानल पुनः खोल्न आग्रह गरेको जनाएका छन् ।    





  • प्रकाशित मिति : २४ पुस, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया