बंगलादेश प्रिमियर लिग (बिपिएल) मा राजशाही वारियर्सले दोस्रो हार बेहोरेको छ ।
दोस्रो हार बेहोर्नेक्रममा उसले शुक्रबारको खेलमा चट्टोग्राम रोयल्सविरुद्ध २ विकेटले पराजित भयो ।
आजको खेलमा सन्दीपले पूरा चार ओभर बलिङ गरे । उनले आफ्नो चार ओभरको स्पेलमा २१ रन मात्र दिएर महत्वपूर्ण एक विकेट लिए ।
सन्दीपले चट्टोग्राम रोयल्सका कप्तान मेहदी हसनको विकेट लिएका हुन् । उनले आज ब्याटिङतर्फ ७ बलमा ५ रन जोडे ।
सन्दीपले तीन खेलको विश्रामपछि प्लेइङ–११ मा मौका पाएका थिए । र, उनले अघिल्लो खेलहरूभन्दा आज किफायती बलिङ गरे ।
जारी सिजनमा सन्दीपको यो तेस्रो खेल हो । उसले तीन म्याच खेल्दा चार विकेट लिएका छन् । उनीआबद्ध वारियर्सले अब सातौं खेलमा आइतबार रंगपुर राइडर्सको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।