९ माघ, २०८२ शुक्रबार
Jan. 23, 2026

गायिका संगीताको सांगितिक यात्रा : दैलेखदेखि काठमाडौंको भव्य मञ्चसम्म
‘देउडाका स्रोता-दर्शक बढिरहेका छन्, मिहिनेत गर्नेका लागि यहाँ सम्भावना प्रशस्त छन्’

‘लाइभ’ लोकदोहोरी, तथा देउडा गीत गायिका संगीता बडुवाल पश्चिम नेपालको लोक संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउने कलाकारका रूपमा परिचित छन् । 

दैलेखमा जन्मिएकी संगीताले विद्यालय जीवनमै संगीतको यात्रा सुरु गरिन् । सानै उमेरदेखि उनलाई लोकगीत र देउडातिर चासो थियो ।  



सुदूरपश्चिम र कर्णालीको लोक साहित्य, लोककथा र लोकसंस्कृतिको जरा नै देउडा रहेको बताउँदै उनले देउडा सबै वर्ग, जातजाति र भाषाभाषीहरूमा समानरूपमा लोकप्रिय रहेको बताउँछिन् ।    



देउडा पश्चिम मात्र नभई पछिल्लो समय अन्य जिल्लाहरूमा पनि फैलिँदै गएको उनको बुझाइ छ ।

वि.सं २०७६ सालमा काठमाडौं  आएकी बडुवालका सुरुवाती दिन भने निकै सङ्घर्षपूर्ण रहे ।

‘पछ्यौरीका ताल’, बोल मैना बोलिजा’, ‘लाली पाउडर लाया जसी’ देउडा गीतलगायत लाइभ दोहोरी गीतले उनलाई देउडा शैलीकी लोकप्रिय गायिकाको रूपमा चिनाएको हो ।  

संगीताले लाइभ दोहोरीमा चर्चित लोकगायक राजु परियार, मिलन लामा, सुमन परियार लगायतसँग सहकार्य गरेकी छन् ।



संगीतलाई संगीता अवसर र चुनौती दुवै ठान्छिन् । यो क्षेत्रमा आफूलाई टिकाइ राख्न संघर्ष र धैर्य गर्नुपर्ने बडुवाल बताउँछिन् । प्रस्तुत छ, फरकधारकर्मी रुमिला पौडेलले उनै गायिका संगीतासँग गरेको कुराकानी :     

  • प्रकाशित मिति : २५ पुस, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया