एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक उत्तर कोरियाली नेता किम जङ–उनलाई भेट्न चाहेका छन् । उनले यो चाहना आफ्नो ट्विटरमा पोखेका हुन् । उनले किमले यो कुरा थाहा पाएमा उत्तर र दक्षिण कोरियाको सीमामा नै किमलाई भेट्न आफूलाई मन भएको बताएका हुन् ।
‘मेरो दक्षिण कोरियाको भ्रमणमा किमसँग हेलो भन्न चाहन्छु,’ ट्रम्पको ट्विटरको आशय छ, ‘हात मिलाउन मात्र भेटौँ न ।’
अहिले ट्रम्प जी २० सम्मेलनका लागि जापानमा छन् । त्यहाँबाट उनी दक्षिण कोरिया जाने कार्यक्रम रहेको छ । ‘यदि उनी त्यहाँ हुनेछन् भने हामी दुई मिनेटका लागि एकअर्कालाई भेट्नेछौँ,’ ट्रम्पले जापानमा पत्रकारहरुसँग भनेका छन् ।
यसअघि ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच जापानमा वार्ता भएको थियो । ट्रम्प अब चीनसँग खुकुलो हुने पक्षमा छन् ।
उता, उत्तर कोरियाले पनि ट्रम्पको यो धारणाबारे अभिव्यक्ति दिएको छ । ‘यो निकै रोमान्चक सन्देश हो,’ उत्तर कोरियाले भनेको छ, ‘यसबारे हामीलाई औपचारिक रुपमा केही आएको छैन ।’
यसअघि सन् २०१७ को नोभेम्बरमा पनि ट्रम्पले उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा किमसँग भेट्न चाहेका थिए । तर, खराब मौसमका कारण उनी त्यहाँ पुग्न पाएका थिएनन् ।
After some very important meetings, including my meeting with President Xi of China, I will be leaving Japan for South Korea (with President Moon). While there, if Chairman Kim of North Korea sees this, I would meet him at the Border/DMZ just to shake his hand and say Hello(?)!
— Donald J. Trump (@realDonaldTrump) June 28, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।