१० माघ, २०८२ शनिबार
Jan. 24, 2026

विशेष महाधिवेशन पक्षधरका आजका सबै कार्यक्रम स्थगित

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो ।



विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा र्याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिए । भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत् रहेको नेता आचार्यले बताए । भोलि भृकुटीमण्डपमा दोस्रो  विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।





  • प्रकाशित मिति : २६ पुस, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया