पूर्वमा भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

काठमाडौं– मनसुन सक्रिय भएसँगै देशभर वर्षा सुरु भएको छ । शनिबार देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेको छ । शनिबार बिहानदेखि मनसुनी गतिविधि सक्रिय हुँदा काठमाडौँ उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएकोे थियो । 

राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका धेरैजसो स्थानमा र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुसमान महाशाखाले जनाएको छ । 

आइतबार देशैभर सामान्य बदली भई पूर्व र मध्यका केही स्थानका साथै पश्चिमका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ । 

सोमबार देशभर सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री र अधिकमत तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै, शनिबार सबैभन्दा धेरै दीपालयको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । 





  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार १४:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया