१० माघ, २०८२ शनिबार
Jan. 24, 2026

रास्वपासँगको सहमति भंग : उनेपालाई समानुपातिकतर्फको निर्वाचन प्रणालीमा घाटा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीचको सहमति भंग भएसँगै त्यसको प्रत्यक्ष असर उनेपाको समानुपातिकतर्फको निर्वाचन प्रणालीमा पर्ने देखिएको छ ।

रास्वपासँग मिलेर जाने सहमति भएपछि उनेपाले पार्टीले निर्वाचन आयोगमा छुट्टै बन्दसूची नै बुझाएको थिएन । जसका कारण अब उनेपाले समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन नपाउने भएको छ ।



बन्द सूची बुझाउने अन्तिम दिन गत पुस १४ रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएपछि रास्वपाको तर्फबाट सूची बुझाएको थियो । अहिले समानुपातिकको बन्दसूची बुझाउने अवधि समाप्त भइसकेकाले अब उनेपाका प्रत्यक्षतर्फका मात्र उम्मेदवार हुनेछन् ।





  • प्रकाशित मिति : २६ पुस, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया