२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

अमेरिकाविरुद्ध नेपालको सहज जित, उच्च लयमा सम्झना खड्का

टी–२० अभ्यास श्रृंखलामा अमेरिकाविरुद्धको खेलमा नेपालले चार विकेटको जित निकालेको छ । यस श्रृंखलामा नेपालको यो पहिलो जित हो ।

अघिल्लो दुई खेलमा नेपालले अमेरिका र स्कटल्याण्डसँग हार बेहोरेको थियो ।  



आइतबार अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालको जितमा ओपनर सम्झना खड्काले ३२ बलमा ४९ रनको पारी खेलिन् ।



जारी अभ्यास श्रृंखलामा सम्झना उच्च लयमा देखिएकी छन् । अघिल्लो दुई खेलमा उनले अर्धशतकीय पारी खेलेकी थिइन् ।  

यस्तै, आइतबार उपकप्तान पूजा महतोले २८ बलमा ४३ रन बनाइन् । आजको खेलमा उनी अविजित रहिन् । 

नेपालले आइसिसी महिला टी–२० विश्वकप छनोटअघि अमेरिका र स्कटल्याण्डसँग अभ्यास सिरिज खेलिरहेको हो । आसन्न विश्वकप छनोट १८ जनवरीदेखि काठमाडौंमा सुरु हुने तालिका छ । 



  • प्रकाशित मिति : २७ पुस, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया