२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ : विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आउने निर्वाचनमा कांग्रेसको तर्फबाट ५० प्रतिशत नयाँ अनुहार पठाउनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रूपमा आफूलाई उभ्याएको हेर्न चाहने धारणा राखे ।

उनले भने,‘नेपाली कांग्रेसले अब कम्तीमा ५० प्रतिशत नयाँ अनुहार निर्वाचनमा सहभागी भएको हेर्न चाहन्छु । कांग्रेसले जेनजीका भावनाको प्रतिनिधि गरेको पार्टीको रूपमा आफूलाई उभ्याएको हेर्न चाहन्छ । राजनीतिलाई पेसा होइन ,समाज रूपान्तरण गर्ने महत्त्वपूर्ण प्लेटफर्म हो भनेर उभिन चाहनेलाई खुला रूपमा उभ्याउन चाहन्छ ।’



त्यस्तै उनले ३५ वर्षको दौरानमा कांग्रेसले बाटो बिराएको स्वीकार गरे । सृजनशील, योग्य र क्षमता भएका व्यक्तिहरूलाई ढोका खोलेर भित्र्याउने राजनीति प्रणाली कांग्रेसले सृजना गर्न नसकेको उनको भनाई छ ।

‘हामीले ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौँ । हामीले एउटा यस्तो राजनीतिक प्रणालीको सृजना गर्न सकेनौँ जहाँ सृजनशील, योग्य र क्षमता भएका व्यक्तिहरूलाई हर किसिमबाट ढोका खोलेर भित्र्याउन सकियोस्’उनले भने । 





  • प्रकाशित मिति : २७ पुस, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया