२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

पार्टी अवसरले चल्दैन, अब परिवर्तन र नयाँ सोचले चल्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर र ठूला घर बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरेका छन् । उनले कांग्रेसको ३४ वर्ष यस्तै गरेर विताएको आलोचना गरे ।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसरले नचल्ने बताए ।



उनले भने, ‘अब परिवर्तन र नयाँ सोचको आवश्यक छ । पदमाथि पद बाँडेर, ठूला घर बनाउने अवसर दिएर, गाडी बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न सक्दैनरहेछ । यो हाम्रो ३४ वर्षको उदाहरण हो । व्यक्ति विचारले चल्छ अवसरले चल्दैन । सही मानिसमा अवसर गए मुलुक बन्छ । असल मान्छे छैन भने जति अवसर दिए पनि मुलुक बन्दैन ।’

त्यस्तै उनले आफ्नो वरिपरि आफ्नो कार्यकर्तालाई शासन सत्ता दिएर मुलुक बन्दैन रहेछ भन्ने महसुस आज सबैलाई भएको धारणा राखे । नेता भण्डारीले आफूहरूको लक्ष्य प्रजातन्त्र जोगाउनु भएको बताउँदै देश अप्ठ्यारो अवस्थामा रहेको बेला आगामी निर्वाचनबाट एक ढिक्का भएर जानुपर्ने बताए । 





  • प्रकाशित मिति : २७ पुस, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया