स्थानीयले थापेको विद्युतीय धरापमा परी झापामा ११ हात्ती मरे

झापा– स्थानीयले थापेको विद्युतीय धरापमा परी झापामा अहिलेसम्म ११ वटा हात्ती मरेका छन् । शुक्रबार राति जिल्लाको हल्दीबारी गाउँपालिकामा पर्ने रणकाली सामुदायिक वननजिकै एउटा हात्ती मरेको छ । यसअघि झापामा विद्युतीय धरापमा परी १० वटा हात्ती मरेका थिए ।

स्थानीयले रातको समयमा तारको घेराबारा राखी विद्युतीय करेन्ट फैलाएका थिए । शुक्रबार जंगलबाट गाँउ पस्न खोजेको करिब अढाइ वर्ष उमेरको हात्ती विद्युतीय धरापमा परेर मरेको सब डिभिजन वन कार्यालय जलथलले जनाएको छ । 

जलथलको चारकोसे जंगलआसपास क्षेत्रमा भने यस्तो घटना पहिलो हो । मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्रमा भने यस्तो घटना दसौँपटकसम्म भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

नौ वर्षयता झापामा धरापमा परेर ११ वटा हात्ती मरेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । हात्तीले बस्ती, किसानका धनसम्पत्ति, अन्नबाली नास गर्ने गरेको र त्यसबाट जोगिन स्थानीयले धराप थापेका हुन् । 

आहाराका लागि गाउँ पसेका हात्तीको आक्रमणबाट अहिलेसम्म ३९ जना सर्वसाधारणको मृत्यु भइसकेको जिल्ला वन कार्यालयको तथ्यांक छ । 

भेटनरी चिकित्सकबाट शुक्रबार मरेको हात्तीको पोस्टमार्टम गराएर अन्येष्टि गरिने सब डिभिजन वन कार्यालयको भनाइ छ । 





  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार १५:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया