नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै शैलीबाट नयाँ यात्रा अगाडि बढाउन नसकिने बताएका छन्।
आइतबारबाट सुरु भएको पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा भृकुटीमण्डपमा बोल्दै शर्माले भने, ‘अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच आवश्यक छ। पुरानै आनीबानी राखेर नयाँ भविष्य निर्माण गर्न सकिँदैन ।’
उनले पार्टीभित्रको चुनौती सामना गर्दै, नेतृत्वबाट भएका कमजोरीको हिस्सा आफूहरूले पनि लिने बताए। शर्माले थपे, ‘यो देशको खराब मौसमलाई बुझेपछि, बदलिएको परिस्थिति अनुसार नयाँ ढङ्गले अघि बढ्ने मनोविज्ञान हामीमा छ। जिम्मेवार राजनीतिक दल र नेता त्यो हुन्छ जसले आफ्ना कमजोरीको आत्मालोचना गर्छ ।’
महामन्त्री शर्माले कांग्रेस मात्र नभएर कमजोर बनेको देशलाई बलियो बनाउने अभियानमा पार्टी लागेको बताए। उनले विध्वंशमा गएको देशमा भवनमात्र नभएर मन जोड्न विशेष महाधिवेशन आह्वान गरिएको र यसबाट नवीन सन्देश दिने प्रयास भएको उल्लेख गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।