२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

नेपाली राजनीति गम्भीर दिशातर्फ गइरहेको छ, दलहरू समझदारीका साथ अघि बढाैँ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलका बीचमा नवीन समझदारी आवश्यक रहेको बताएका छन् ।

आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलका बीचमा नवीन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए ।     



उनले भने, ‘अहिले यो देशको राजनीतिक दलका बीचमा एउटा नविन समझदारी आवश्यक परेको छ । त्यो समझदारीको आधार भनेको पृथ्वीपथ नै हो,’ उनले भने ।

त्यस्तै, उनले अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको भन्दै राजनीति, अर्थतन्त्र या लोकतन्त्र सबै क्षेत्रमा पृथ्वीपथ नै सबै समस्याको समाधानको रूपमा देखिएको धारणा राखे ।



‘अहिले नेपालको जुन अवस्था छ । त्यो सबै परिस्थितिमा पृथ्वीपथ सबै समस्याको समाधानको रूपमा देखिएको छ । अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको छ । तरल बनिराखेको छ । यसको एक मात्र समाधान, चाहे अर्थतन्त्रकै दृष्टिकोणले होस्, परराष्ट्र नीतिको सन्दर्भले होस् या लोकतन्त्रको दृष्टिकोणले होस् यो सबैमा पृथ्वीपथ नै सबै समस्याको समाधानको पाटो हो,’ उनले भने ।    



  • प्रकाशित मिति : २७ पुस, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया