२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु हुँदै

आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र हुँदैछ । आइतबार उद्घाटन भएको महाधिवेशनको आज बन्दसत्र सुरु हुन लागेको हो ।

यसअघि बिहान ८ बजेदेखि बन्दसत्र सञ्चालन गर्ने तयारी भएपनि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया तथा खाजाको समयसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम दुई घण्टा पछाडि सारिएको हो ।



बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार सोमबार बिहान ८ बजेदेखि प्रतिनिधिको दर्ता र खाजाको व्यवस्था सुरु हुनेछ ।

त्यसपछि बिहान १० बजेदेखि बन्दसत्र औपचारिक रूपमा आरम्भ गरिनेछ । उनका अनुसार कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघिबढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।



प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् । आज अझै प्रतिनिधि थप हुने अनुमान गरिएको छ । 



  • प्रकाशित मिति : २८ पुस, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया