काम गरिरहेका मजदूरमाथि गोली प्रहार

काठमाडौं– सर्लाहीमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिकामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक मजदूर घाइते भएका छन् ।

शनिबार मध्याह्न मोटरसाइकलमा आएका युवकले गोली चलाउँदा लालबन्दी नगरपालिका १ नवलपुर घर भएका ३० वर्षीय जयना महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

महतोको पाखुरमा गोली लागेको छ । मन्दिर बनाइरहेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिले उनलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

मोटरसाइकलमा आएका दुईजनामध्ये एकजनाले महतो काम गरिरहेको स्थानमा आएर गोली हानेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 





  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार १६:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया