दाङमा जिप दुर्घटना, चालकको मृत्यु

दाङ– दाङको श्रीगाउँमा शनिबार जिप दुर्घटना भएको छ । शनिबार बिहान पौने ९ बजे भएको सो दुर्घटनामा परी जिपका चाललको मृत्यु भएको छ ।

शान्तिनगरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ४३६ नम्वरको जिप पल्टिँदा दंगिशरण गाउँपालिका वडा नं. ७ का २९ वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो ।

जिीपमा उनकै परिवारका ४ जना सवार थिए । घाइते चालक वलीलाई राप्ती प्रादेशिक अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रहरीका अनुसार जिपमा सवार अन्यको अवस्था सामान्य रहेको छ । चालक वलीले छोरालाई जोगाउन बाहिर फालेर आफू पनि हामफाल्न लाग्दा उनलाई जिपले च्यापेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएके छ । 

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 





  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार १६:३८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया