मदन भण्डारीको हत्या नै भएको ठोकुवा गर्दै प्रचण्डले भने– प्रधानमन्त्री ओली र म भण्डारीका सच्चा उत्तराधिकारी हौँ

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या रूपमा हत्या नै भएको ठोकुवा गरेका छन् । तर, कसले हत्या गर्यो भन्ने प्रमाण अहिलेसम्म पत्ता लगाउन नसकिएको उनले बताएका छन् ।

मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा बोल्दैदाहालले भने, ‘मदन भण्डारीको नियोजित हत्या हो, दुर्घटना होइन ।’ उनले थपे, ‘हामी सरकारमा छौँ, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौँ ।’

भण्डारीको मृत्युलाई जनताले स्वाभाविक रूपमा नलिएको बताउँदै उनले भने, ‘चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्थ्यो कि ? 

मदन भण्डारी तथा जीवराज आश्रितको मृत्यु हुने गरी भएको जिप दुर्घटनाका चालक अमर लामा थिए । सो दुर्घटनाको एक दशकपछि चालक लामालाई तत्कालीन माओवादीले कीर्तिपुरमा हत्या गरेको थियो । 

भण्डारीको मृत्यु अस्वाभाविक रहेको उल्लेख गर्दै तत्कालीन माओवादीका हेर्डक्वाटर प्रमुख प्रचण्डले भने, ‘जनतालाई लाग्छ, त्यो स्वाभाविक मृत्यु होइन । त्यो भयानक डिजाइनअनुसार हत्या गरेको नै हो ।’ तर, हत्यारा विदेशी शक्ति हो कि स्वदेशी तत्व हो त्यसको प्रमाण नभएको उनको भनाइ थियो । 

भण्डारीको हत्यारा पत्ता लगाएर जनताको बीचमा ल्याउन सक्ने हो भने त्यस्ता घटनाबाट बच्न सकिने भन्दै उनले भण्डारीको सच्चा उत्तराधिकारी प्रधानमन्त्री केपी शर्मा ओली र आफू भएको बताए ।





  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार १७:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया