काठमाडौं– काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दा क्षतिपूर्ति पुनरावलोकनलगायत माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।
स्थानीय आन्दोलनकारी र काठमाडौं महानगरपालिकाबीच क्षतिपूर्ति पुनरावलोकनमा कुरा नमिलेपछि झडप भएको छ । ‘ल्यान्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौं महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो ।
झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएको जानकारी दिए ।
एक हप्तादेखि काठमाडौंको फोहर उठ्न नसक्दा उपत्यकाको चोक–चोकमा फोहोरको थुप्रिएको छ । फोहर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका प्रतिनिधि र स्थानीयवासीबीच छलफल भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।