व्यापार वार्ता फेरि सुरु गर्न ट्रम्प–सी सहमत, हुवावेमाथिकाे प्रतिबन्ध हट्ने

एजेन्सी– अमेरिका र चीनले फेरि एकपटक व्यापार वार्ता सुरु गर्दै छन् । विश्वकै अर्थतन्त्रलाई प्रभावमा पारेको यी दुई देशको व्यापार युद्ध लामो समयदेखि बहसको विषय भएको छ । 

जपानमा भइरहेको जी २० सम्मेलनमा यी दुई देशका राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङ वार्ता अगाडि बढाउन सहमत भएका हुन् । 

यतिमात्र होइन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुलाई चिनियाँ प्रविधि जायन्ट हुवावेसँग कारोबार गर्ने अनुमति पनि दिने घोषणा गरेका छन् । यसअघि फाइभ जी निर्माणमा अहम् भूमिका खेलेको हुवावेलाई अमेरिका तथा अन्य युरोपेली मुलुकले प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । ट्रम्पको यो घोषणालाई अत्यन्त महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । यसअघि ट्रम्पले चीनमाथि थप प्रतिबन्धका घोषणा गर्ने बताएका थिए । 

तर, जापानको ओसाकामा जी २० सम्मेलनमा भएको साइडलाइन वार्तामा ट्रम्पले चिनियाँ सामानमाथि लगाएको प्रतिबन्ध पनि हटाउने र ३ सय बिलियन अमेरिकी डलर बराबरको चिनियाँ निर्यातमा पनि कुनै प्रतिबन्ध नलगाउने बताएका छन् । 

अहिले बेइजिङसँग वार्ता गर्न आफू तयार हुने पनि उनले बताएका छन् । 

त्यहाँ नै भएको एक पत्रकार सम्मेलनमा उनले हुवावेमाथिको प्रतिबन्ध फुकुवा गरेको पनि घोषणा गरेका हुन् । 



एक वर्षयता यी दुई देशबीच व्यापार युद्ध भइरहेको छ । यसबारे बीचमा एकपटक वार्ता भए पनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । ट्रम्पले यसअघि चीनले बौद्धिक सम्पत्ति चोरेको आरोप लगाएका थिए । तर, चीनले ट्रम्पका आरोप निराधार रहेको बताउँदै आएको थियो । 

गत मेमा भएको यी दुई देशबीचको वार्ताले कुनै निष्कर्ष निकाल्न सकेको थिएन । अब अहिले ट्रम्पले दुई देशको सम्बन्धलाई सुधार गर्न चाहेको संकेत मिलेको छ । 



  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार १९:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया