पाकिस्तानी नै चाहन्छन्, विश्वकपमा भारतले जितोस् !

एजेन्सी– अहिले इंग्ल्यान्डमा जारी विश्वकपमा निकै प्रतिस्पर्धात्मक खेलहरु भइरहेका छन् । अहिलेसम्मका खेलहरु हेर्ने हो भने विभिन्न किसिमका अनुमान गर्न सकिने अवस्था बनिसकेको छ । त्यसो त, क्रिकेटमा यस्ता अनुमानहरु फेल खाने सम्भावना पनि बढी हुन्छ । 

जे होस्, अहिले जारी प्रतियोगिता निकै रोमान्चक ढंगले अगाडि बढिरहेको छ । यसमा भारत र पाकिस्तानलाई विशेष नजरका साथ हेरिएको छ ।

बिहिबार वेस्टइन्डिजलाई हराएको भारतले अब आइतबार इंग्ल्यान्डसँग खेल्दै छ । अर्कोतिर, दक्षिण अफ्रिका तथा न्युजिल्यान्डलाई हराएपछि पाकिस्तान पनि सेमीफाइनलमा जाने आशा बाँकी नै रहन्छ । तर, पाकिस्तान सेमिफाइनलमा पुग्न अर्को पनि कारण रहन्छ, भारतले आइतबार हुने खेलमा इंग्ल्यान्डलाई हराउनै पर्छ । 

यही रोमान्चक अवस्था तथा समीकरणको हिसाबलाई ख्याल गर्दै इंग्ल्यान्डका पूर्वकप्ता नासिर हुसैनले ट्विटरमा एउटा प्रश्न सोधेका छन्, ‘यो प्रश्न सबै पाकिस्तानी फ्यानहरुका लागि हो  । आइतबार हुने खेलमा कसको समर्थन ? भारत कि इंग्ल्यान्ड ?’

नासिरले यो ट्विट मात्र के गरेका थिए, पाकिस्तानी प्रशंसकले उनलाई जवाफ दिन थालिहाले । कतिपयको जवाफ त निकै आकर्षक रहेको छ जुन यसअघि सोचिएको पनि थिएन । 

कोही पाकिस्तानी प्रशंसकले जय हिन्द लेखेका छन् भने कतिले वन्दे मातरम । एक ट्विटर प्रयोगकर्ता अहमदले लेखेका छन्, ‘हामीलाई आफ्नो छिमेकीसँग निकै प्रेम छ, हामी भारतलाई समर्थन गर्नेछौँ ।’



खेल आफ्नो पक्षमा परोस् भन्नका लागि पाकिस्तानी समर्थकले भारतलाई समर्थन गर्नु रोमान्चक होइन त ? 



  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार १९:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया