वाम आन्दोलनको फुर्तीफार्ती राजमार्गसम्म मात्र किन रहन्छ ? साेच्नुस् – हृदयेश त्रिपाठी

काठमाडौं– सांसद हृदयेश त्रिपाठीले सत्तारुढ नेकपा अझै मधेसी र थारु समुदायमा लोकप्रिय बन्न नसकेको भन्दै यसबारे सोच्न नेकपा नेतृत्वलाई सुझाव दिएका छन् । लामाे समय मधेसवादी राजनीति गरेका त्रिपाठीले गएकाे संसदीय निर्वाचनमा वामगठनबन्धनको सहयोगमा सूर्य चिह्न लिएर चुनाव जितेका थिए । 

मदन भण्डारी स्मृति दिवसमा राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठीले ०४८ सालमा मदन भण्डारीले मधेसमा वाम आन्दोलन किन लोकप्रिय हुन सकेन भनेर सोधेको स्मरण गर्दै अहिले पनि वामपन्थी दल मधेसी र थारु समुदायमा लोकप्रिय हुन नसकेको बताए । त्यसका लागि कम्युनिस्ट पार्टीको नीति र कार्यक्रम नै नभएको उनले टिप्पणी गरे । 

१६५ निर्वाचन क्षेत्रमध्ये ५९ मा थारु तथा मधेसी समुदाय निर्णायक रहेको भन्दै त्रिपाठीले गम्भीर हुन नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आग्रह गरे । तराई मधेसमा ३० प्रतिशत मतदाता कांग्रेसका वंशज भोटेर भएको उनको विश्वलेषण छ ।

सांसद त्रिपाठीले बाँकी ७० प्रतिशत जनमत खाली रहे पनि वाम आन्दोलनको फुर्तीफार्ती राजमार्गसम्म मात्र किन रहन्छ भन्ने सोच्न नेकपा नेतृत्वलाई आग्रह गरे । कम्युनिस्ट पार्टीले आफू केही गर्न नसक्ने अनि हिन्दु गए, पृथकतावादी गए भनेर रोएर बस्ने गरेको भन्दै उनले पहिला आफू सुध्रिन सुझाव दिए । 





  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार १९:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया