नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत दुई महामन्त्रीले पठाएको ‘अन्तिम विकल्प’ प्रस्तावमा संस्थापन पक्षले ३ बुँदा अस्वीकार गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने, सभापति देउवा निष्क्रिय रहने र उच्चस्तरीय समिति गठन गर्ने प्रस्ताव मान्न नसकिने बताएका छन्।
स्रोतका अनुसार, खड्काले केवल निर्वाचन आयोगमा पठाइएका उम्मेदवारको नामबाट सभापतिको हस्ताक्षर परिवर्तन गर्न मात्र मान्ने प्रतिक्रिया दिएका छन्। कांग्रेसभित्र सहमति नजुट्दा कांग्रेस फुटको सङ्घारमा पुगेको छ ।
यसैबीच, विशेष महाधिवेशनअन्तर्गत सभापति पदमा गगन थापाको एकल उम्मेदवारी, महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल र सहमहामन्त्रीमा बहादुरसिंह लामाको उम्मेदवारी परेको छ। महाधिवेशन विवाद नमिल्दा निर्वाचन तालिका नै प्रभावित बन्न पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।