नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले गरेको निष्कासन खारेज गरेको घोषणा गरेको छ । महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले वक्तव्य जारी गर्दै खारेज निर्णयको जानकारी दिएका हुन् ।
सिवाकोटीले भनेका छन्, ‘विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुनेछ। कारबाहीको प्रोपगाण्डाबाट विचलित नहुन सबैमा आग्रह गर्दछौँ ।’
महाधिवेशनले पार्टीलाई एकताबद्ध राख्ने र अतिवादी सोचबाट प्रेरित कारबाहीको प्रोपगाण्डाबाट जोगिनुपर्ने भन्दै नयाँ नेतृत्वलाई आधिकारिक मान्यता दिने सिवाकोटीको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।