२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

देउवाले आफूमाथि कारबाही गरेपछि गगनको प्रतिक्रिया : कांग्रेस कसैको प्राइभेट कम्पनी होइन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको बताएका छन् । संस्थापन पक्षले आफू विरुद्ध कारबाही गरेको चर्चाप्रति प्रतिक्रिया दिँदै थापाले भने, “यो पार्टी कसैको प्राइभेट कम्पनी होइन। कसैले हटायौँ भनेर म हट्ने होइन।”

उनले आफू विद्यार्थी जीवनदेखि कांग्रेसमा आबद्ध भएको र २०४६ तथा २०६२/०६३ का आन्दोलनमा सक्रिय भूमिका खेलेको उल्लेख गरे।



यसैबीच, संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा नाराबाजी पनि भइरहेको छ । 

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् । 





  • प्रकाशित मिति : ३० पुस, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया