नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले तीन नेतामाथि कारबाही गरेको विवरण निर्वाचन आयोगमा दर्ता भएको छ ।
बुधबार अपरान्ह आयोग पुगेका देउवा पक्षका नेताहरूले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरिएको जानकारी दर्ता गराएका हुन् ।
देउवा पक्षको केन्द्रीय समितिले आजै बसेको बैठकमा उक्त निर्णयलाई औपचारिकता दिएको थियो । तर, कारबाहीमा परेका नेताहरूले आफ्नो पक्षमा बहुमत महाधिवेशन प्रतिनिधि रहेको भन्दै निर्णयको औचित्यविरुद्ध प्रतिक्रिया दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।