नेपाली कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीको बहुमत कार्यकर्ता र नेताको निर्णयप्रति कुनै बाह्य दबाबले असर पार्न नसक्ने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै मन्सुरले कांग्रेसको आगामी नेतृत्व गगनकुमार थापाको हातमा मात्र रहने स्पष्ट पारेका छन् ।
‘कांग्रेसको वेगलाई, बहुमत नेता–कार्यकर्ताको वेगलाई अब कुनै निर्णयले परिवर्तन गर्न सक्दैन । यहाँ विशेष अधिवेशन चलिरहेको छ, केहीबेरमा नयाँ कार्यसमिति चयन हुन्छ । अर्को कुनै कमिटी छैन, जसले कांग्रेसको नेतृत्व गरोस्,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।