२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

देउवाको कारबाही अस्वीकार गर्दै गगन-विश्वले गरे कडा प्रतिकार

नेपाली कांग्रेसको देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरे लगत्तै विशेष महाधिवेशन स्थलमा आक्रोश पैदा भएको छ । महाधिवेशन पक्षधरले देउवा निर्णयको विरोध गर्दै थापालाई नयाँ सभापति घोषणा गरेका छन्।

गगन थापाले कारबाहीलाई ‘वाहियात’ भन्दै आफूहरूले सहमति खोजेको तर सुनुवाइ नभएको बताए । विश्वप्रकाश शर्माले पनि कारबाहीलाई ‘हास्यास्पद’ भन्दै अस्वीकार गरेका छन्। सहमहामन्त्री मन्सुरले विशेष महाधिवेशनकै हलबाट थापालाई सभापति घोषणा गरिएको बताए ।



महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूले देउवा पक्षको कारबाही अस्वीकार गर्दै उनको विरुद्ध नाराबाजीसमेत गरेका थिए ।





  • प्रकाशित मिति : ३० पुस, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया