महान्यायाधिवक्ता कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र पर्साका जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिललाई स्वीकृति दिएको छ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालका अनुसार, यो निर्णयले सहकारी ठगीको मुद्दा यथावत् राख्दै अभियोगपत्र संशोधन गर्न मात्र स्वीकृति दिएको हो ।
चितवनमा यस्तो मुद्दा नचलेको कारण त्यहाँको अभियोगपत्र संशोधनको निर्णय भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।