२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

गगन थापा नेतृत्वकाे पहिलाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

बैठक अबकाे केहीबेरमा ललितपुरको कुपन्डोलमा बस्ने तयारी भइरहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जाने तालिका रहेको छ ।



नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए ।





  • प्रकाशित मिति : १ माघ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया