नेपाली कांग्रेसको संस्थापन पक्षले कारबाहीमा परेका महामन्त्री गगनकुमार थापासहित तीन जनाको नाम पार्टीको आधिकारिक वेवसाइटबाट हटाएको छ ।
काठमाडौंमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले बिहीबार थापालाई सभापतिमा चयन गरेपछि थापाको नाम र तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो ।
उनीसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ । उनीहरुले पार्टीको निर्णय विपरीत गएर विशेष महाधिवेशन गरी पार्टीलाई फुटको अवस्थामा पुर्याएको भन्दै बुधबार कांग्रेसको केन्द्रीय कार्यसमितिले साधारण सदस्यसमेत नरहनेगरि पाँच वर्षका लागि कारबाही गरेको थियो । भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनले नयाँ केन्द्रीय कमिटी चयन गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।