नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । स्वास्थ्य अवस्थाका कारण उम्मेदवारी दिन नसक्ने भन्दै उनले औपचारिक सूचना नै सार्वजनिक गरेका हुन् ।
भदौ २३–२४ को जेनजी आन्दोलनपछिका राजनीतिक अन्यौलका बाबजुद तोकिएको मितिमै निर्वाचन हुनुपर्ने उनको धारणा छ । तर, खुट्टामा देखिएको नसा सम्बन्धी समस्याका कारण करिब दुई महिनादेखि सहजरूपमा हिँडडुल गर्न नसकिरहेको र चिकित्सकको सल्लाहअनुसार घरमै फिजियोथेरापीमार्फत उपचार गरिरहेको उल्लेख गर्दै उनले मनोनयन दर्तादेखि चुनावी गतिविधिमा सक्रिय हुन नसक्ने बताएका हुन् ।
६५ वर्षीय थानी सुर्खेत क्षेत्र नम्बर २ बाट कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा परेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।