विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले गरेका निर्णय तथा पार्टी विवरण अद्यावधिक गर्न नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
सहमहामन्त्री डिला संग्रौलाका अनुसार आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण विवरण अद्यावधिक गर्ने निर्णय गरेपछि सोहीअनुसार आयोगमा जानकारी गराउन थालिएको हो । उनले सभापतिसहित अन्य पदाधिकारीहरू पनि आयोग पुग्नेक्रममा रहेको बताइन् ।
बुधबार सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।