२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

गगन-विश्वप्रकाश आयोग गएपछि संस्थापन पक्षले पनि थाल्यो कानुनी परामर्श

भृकुटीमण्डपमा पुस २७–३० गते सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उत्पन्न विवादमा शेरबहादुर देउवा समूहले कानुनी परामर्श थालेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास हात्तिगौडामा नेताहरूले पूर्वमहान्यायाधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र अन्य कानुनविद्हरूसँग बैठक गरी विशेष महाधिवेशनको वैधता, केन्द्रीय समितिको स्वामित्वबिना गरिएको नेतृत्व चयनको कानुनी आधार र २०७८ सालको १४औँ महाधिवेशनबाट निर्वाचित समितिसँग अघि बढ्ने विकल्पबारे परामर्श लिएका छन्।



कानुनविद्हरूले केन्द्रीय समितिको स्वीकृतिबिना विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न नहुने बताएको स्रोतले जनायो । उनीहरूले देउवा समूहलाई आयोगलाई स्थिति स्पष्ट पार्न पत्र पठाउन सुझाएका छन्। 

यसअघि केन्द्रीय कार्यसमितिले गगन थापा समूहका नेताहरूलाई पाँच वर्षसम्म साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो भने विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै त्यस निर्णयलाई खारेज गरेको घोषणा गरेको थियो । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा तथा उपसभापति बनेका विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । उनीहरूले नयाँ नेतृत्व चयनबारेको कागजात आयोगमा पेस गर्दै पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिएका हुन् ।  





  • प्रकाशित मिति : १ माघ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया