नेकपा (माओवादी)का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ। बिहीबार दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार दुबै पक्षले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेनजी विद्रोहका मागहरू पूरा गर्न संघर्ष जारी राख्ने, आन्दोलन र जनताको चाहना अनुसार संविधान संशोधन गरी स्थिर सरकार गठन गर्ने तथा भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय स्थापना गरी राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।
जेनजी अभियन्ता मिराज ढुंगानाले माइतीघरमा आयोजित कार्यक्रममा जेनजी विद्रोहबाट हालसम्म अर्थहीन निर्वाचन घोषणामात्रै भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।