जब मैदानमा नै भिडे पाकिस्तान र अफगानिस्तानका ‘फ्यान्स’

काठमाडौंं– शनिबार साँझ पाकिस्तान र अफगानिस्तानबीच खेल सुरु भयो । अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । उसले ५० ओभरमा सबै विकेट गुमाउँदै २२७ रन बनायो । 

२२८ रनको लक्ष्य लिएर मैदानमा उत्रिँदै थियो, पाकिस्तान । 

तर, अफगानिस्तानको पारीकै समयमा रंगशालामा उपस्थित भएका पाकिस्तान र अफगानिस्तानका समर्थकबीच कुटपिट सुरु भइसकेको थियो । 

अहिले सामाजिक सन्जालमा यसको चर्चा निकै बढेको छ । सामाजिक सन्जालमा सेयर भएका भिडियोहरुको दाबी छ, दुई देशका समर्थकले एकअर्कालाई हानाहान गरे । त्यसपछि त्यहाँबाट दुई जनालाई मैदानबाहिर समेत निकालियो ।

भिडियोमा यो मैदानकै कुरा भनिएको दाबी गरिए पनि आइसिसी प्रवक्ताले चाहिँ यसलाई मैदानबाहिरको घटनाका रुपमा बताएका छन् । 

प्रहरीले चाहिँ ती व्यक्तिहरुलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।



याे खेलचाहिँ पाकिस्तानले तीन विकेटले जितेकाे छ ।



  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार २३:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया