२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

प्राइम कमर्सियल बैंकद्वारा ८ प्रतिशत बोनस शेयर पारित, सञ्चालक समितिमा विष्ट निर्विरोध निर्वाचित

प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । 

बुधबार सम्पन्न भएको  १८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई ८ (आठ) प्रतिशत बोनस सेयर तथा चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस शेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ । 



सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण शेयर धनीहरूको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा.विष्ट यस अघि पनि बैंकको सञ्चालक थिए । 

आजको साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने शेयर धनी महानुभावलगायत सम्बन्धित सबैमा आभार व्यक्त गर्दै साधारण सभामा अध्यक्ष श्रेष्ठले बैंकले विगतमा झैं आगामी दिनहरूमा पनि बैंकको सेवा र शाखाहरूको सञ्जाल विस्तार गर्दै आफ्ना सेयर धनीहरूलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने तथा ग्राहक केन्द्रित डिजिटल समाधान मार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।  





  • प्रकाशित मिति : १ माघ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया