प्रधानमन्त्री सुशीला कार्कीले आपसी सद्भाव, विश्वास तथा सहकार्यका माध्यमबाट समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताएकी छिन् ।
माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विभिन्न समुदायले फरक–फरक नाम, शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘हामी विविध छौँ, तर एउटै छौँ । हामी बहुल छौँ, तर सँगै छौँ । हामी धेरै भएर नै पूर्ण छौँ ।’ विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको तथा यही नै हाम्रो मौलिक पहिचान र शक्ति भएको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
उनले भनिन्, ‘वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ । यस्ता सांस्कृतिक पर्वको मर्म आत्मसात गर्दै समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।