संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।
सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५७ औं बैठक बस्दैछ ।
बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ । यस्तै, बिहानको ११ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१८औं बैठक बस्दैछ ।
बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/२०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।