नेपाली कांग्रेस संस्थापन तर्फका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको समूह निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको सङ्केत भएको बताएका छन् ।
शुक्रबार पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यसहित निर्वाचन आयोग पुगेका खड्काले गगन थापा पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्दै आयोग जानु गम्भीर षडयन्त्रको सङ्केत भएको टिप्पणी गरे। सभापति शेरबहादुर देउवा पक्षले त्यो घटनालाई संविधान, लोकतन्त्र र परिवर्तनमाथि षडयन्त्र भनेको हो ।
‘संविधान, लोकतन्त्र र परिवर्तनमाथि षडयन्त्रका सङ्केत देखिन थालेका छन्,’ खड्काले भनेका छन्, ‘त्यसैको एउटा ठूलो सङ्केतका रूपमा केही व्यक्तिहरू कांग्रेसको दाबी लिएर निर्वाचन आयोग पुगेका छन् ।’
खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व भएको जिकिर गर्दै त्यससम्बन्धी कागजात कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।