निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा गर्ने जनाएको छ ।
आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहितासम्बन्धी छलफलमा सो अनुगमनका लागि वैदेशिक सहयोग प्राप्त भएको र नेपाली सेनाका उपकरणमार्फत निगरानी हुने बताए ।
उनका अनुसार, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई स्पष्टीकरण दिने मौका दिइनेछ । त्यस्तै आवश्यक परे कारबाही पनि अघि बढाइनेछ। आयोगले फेसबुक (मेटा) र टिकटकसँग उल्लंघन रोक्न सम्झौता गर्ने तयारी पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।