२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ । शुक्रबार साँझ आयोगले त्यस्तो निर्णय गरेको हो । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधरको समर्थनमा आयोगले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको हो । अर्का आयुक्त सगुन शमशेर राणाले भने विपक्षमा राय दिएका थिए । तीन पदाधिकारीमध्ये दुईको मतका आधारमा निर्णय भएको आयोगले जनाएको छ।



गगन थापा नेतृत्वको कार्यसमितिले बिहीबार निर्वाचन आयोगमा तथ्य, प्रमाण र कागजातसहित आधिकारिकता दाबी गरेको थियो । त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शेरबहादुर देउवा पक्षका नेता शुक्रबार आयोग पुगेका थिए। उनीहरूले विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै देउवा नेतृत्वकै कांग्रेस आधिकारिक रहेको जिकिर गरेका थिए।

तर आयोगले दुवै पक्षका विवरण अध्ययनपछि विशेष महाधिवेशन वैधानिक ठहर गर्दै थापा नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।





  • प्रकाशित मिति : २ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया