२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता प्रदान गर्न आयोगले देखेका मुख्य आधार के हुन् ?

निर्वाचन आयोगले गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।

कांग्रेस संस्थापन पक्ष (शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्ष) र गगन–विश्वप्रकाश शर्मा पक्षले आफूहरू वैधानिक कांग्रेस भएको भन्दै निर्वाचन आयोगमा दाबी पेस गरेपछि शुक्रबार साँझ आयोगले गगन पक्षलाई कांग्रेसको वैधानिकता प्रदान गरेको हो ।



कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधरको समर्थनमा आयोगले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको हो ।

अर्का आयुक्त सगुन शमशेर राणाले भने विपक्षमा राय दिएका थिए । तीन पदाधिकारीमध्ये दुईको मतका आधारमा निर्णय भएको आयोगले जनाएको छ।



गगन थापा नेतृत्वको कार्यसमितिले बिहीबार निर्वाचन आयोगमा तथ्य, प्रमाण र कागजातसहित आधिकारिता दाबी गरेको थियो । त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शेरबहादुर देउवा पक्षका नेता शुक्रबार आयोग पुगेका थिए। उनीहरूले विशेष महाधिवेशन विधान विपरीत भएको दाबी गर्दै देउवा नेतृत्वकै कांग्रेस आधिकारिक रहेको जिकिर गरेका थिए ।

आयोगले दुवै पक्षका विवरण अध्ययनपछि विशेष महाधिवेशन वैधानिक ठहर गर्दै थापा नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।

४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई आयोगले पहिलो आधार मानेको छ । त्यस्तै कुनै पनि पार्टीको विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि रहने विषयलाई आयोगले दोस्रो आधारका रुपमा हेरेको छ ।

विशेष महाधिवेशन माग गरेको विषयमा कुनै पनि पक्षको विमति नदेखिएको विषयलाई आयोगले तेस्रो र बलिया आधारका रुपमा लिएका छ यिनै आधारहरूलाई हेरेर आयोगले गगनको नेतृत्वमा बनेको कांग्रेसलाई वैधानिकता दिएको हो । 



  • प्रकाशित मिति : २ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया