२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् ।

विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएका शर्माले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिने निर्णय गरेसँगै केहीबेर अगाडि भिडियो सन्देश जारी गर्दै छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताए ।



नेपाली कांग्रेस अब नवीन ढंगले अगाडि बढ्ने उनको भनाइ छ । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आत्मासात गरेर पार्टीले अगाडि सारेको उदारवादी अर्थतन्त्रलाई आत्मसात गरेर अघि बढ्ने उल्लेख गरे ।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई एकपटक नबोलाई गरिएको निर्णय आफूहरूलाई मान्य नहुने बताए ।



निर्वाचन आयोगले षड्यन्त्र पूर्वक निर्णय गरेको उनको भनाइ छ । उनले कांग्रेसको संस्थापन पक्ष कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने बताए ।



  • प्रकाशित मिति : २ माघ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया