बिहारः बलात्कार प्रयासको विरोध गर्दा आमाछोरीलाई मुन्डन गरेर गाउँ घुमाइयो

एजेन्सी– बिहारको राजधानी पटानबाट करिब ४५ किलोमिटर टाढा वैशाली जिल्लाको भगवानपुर क्षेत्रमा बलात्कारको प्रयासको विरोध गरेका आमा र छोरीलाई मुन्डन गरेर गाउँ घुमाइएको छ । 

गत बुधबार केही व्यक्तिहरुले उनीहरुमाथि दुव्र्यवहारको प्रयास गरेका थिए । 

तर, आमा छोरी दुवैले यसको विरोध गरे । त्यसपछि ती व्यक्तिहरुले गाउँकै डनहरुसँग मिलेर एकजना नाइ बोलाए र टाउको मुन्डन गरिदिए । र, उनीहरुलाई गाउँ घुमाइयो । 

आमा छोरी दुवैले प्रहरीमा उजुरी दिएपछि त्यो ठाउँबाट सात जना पक्राउ परेका छन् । यो उजुरी परेको पाँच घन्टामा नै अभियुक्तहरुलाई गिरफ्तार गरेको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् । 

यो घटनाको विरोध त्यहाँका अधिकारकर्मीहरुले गरेका छन् । पीडित आमा छोरीले छिटोभन्दा छिटो न्याय पाउनु पर्ने माग उठ्न थालेको छ ।





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १:१८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया