नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना डीआईजीको सरुवा गरेको छ ।
डीआईजी अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य, दिपक रेग्मी, दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्ट सरुवा भएका हुन् ।
डीआईजी पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा र सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै डीआईजी आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ भने अर्का डीआईजी क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी भुपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा, श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।