२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

बिपिएलमा राजशाही वारियर्सको क्वालिफायर खेल आज, सन्दीपले पाउलान् मौका ?

नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध राजशाही वारियर्स बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत आज क्वालिफायर वान खेल्दैछ । 

राजशाहीले फाइनल प्रवेशका लागि चट्टोग्राम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमबीचको खेल क्वालिफायर खेल बेलकी ५ बजेर ४५ मिनेटदेखि शेरे बंगला राष्ट्रिय रंगशालामा सुरु हुनेछ । 



राजशाही वारियर्स लिग रणमा १० खेल खेल्दा ८ खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्षमा रहँदै क्वालिफायर वानमा प्रवेश गरेको हो । आजको खेल जित्ने टोली सिधै बिपिएल फाइनलमा प्रवेश गर्नेछ । खेलमा पराजय गर्ने टोली भने क्वालिफायर टु खेल्नेछ । 

राजशाहीमाआवद्ध सन्दीप लामिछानेले आजको क्वालिफायर खेल खेल्ने सम्भावना पनि कमै छ । तर, आजको खेल हुने पिच स्पिनर अनुकूल भए उनले मौका पाउने सम्भावना छ । प्रतियोगितामा ४ खेल खैल्ने मौका पाएका सन्दीपले तीन विकेट लिएका छन् । 





  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया