काठमाडौं-४ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट सचिन तिमिल्सिना उम्मेदवार बन्ने भएका छन् । पार्टीको संसदीय बोर्डको बैठकले तिमिल्सिनालाई टिकट दिने निर्णय गरेको हो ।
यसअघि काठमाडौं–४ क्षेत्र कांग्रेस सभापति गगनकुमार थापाले प्रतिनिधित्व गर्दै आएका थिए । तर, यसपटक थापा निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही–४ बाट उम्मेदवारी दिने भएकाले यहाँ उनीनिकट सचिन तिमिल्सिनालाई टिकट दिइएको हो ।
गगनको क्षेत्रमा उम्मेदवार बनेका सचिन क्रिकेट कमेन्टेटर हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।