२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

काठमाडौं-३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने- ढुक्क छौँ, रास्वपाको बहुमत आउँछ

काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन् । मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले निर्वाचनमा रास्वपाको बहुमत आउने विश्वास व्यक्त गरे । त्यस्तै उनले सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा आफूहरू लाग्ने प्रतिबद्धता जनाए ।



उनले भने, ‘हरेक जनप्रतिनिधिहरू जनताको समस्या पीडा बुझ्ने हुनुपर्छ । अबको सरकार भनेको बालेन सरकार हो । उहाँ एक्लैले गएर मात्र गर्न सक्ने अवस्था पनि छैन । त्यसैले आगामी निर्वाचन मार्फत स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ । एक ढिक्का भएर सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा लाग्ने छौँ ।’

नयाँ परिवर्तनको लागि भए पनि एक पटक रास्वपालाई विश्वास गर्न उनले आग्रह गरे ।
 





  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया