नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि उनले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताए । राजनीति स्थायित्व जरुरी रहेको बताउँदै उनले राजनीति स्थायित्वको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘प्रतिस्पर्धाको लागि उम्मेदवारी दर्ता गराइयो । विजयको अपेक्षा पूर्ण रूपमा गर्दै मैले उम्मेदवारी दर्ता गरेको छु । विकास निर्माणका मुद्दाहरूलाई उठाउँछौँ ।राजनीति स्थायित्व जरुरी छ । त्यो राजनीति स्थायित्वको लागि आफ्नो ठाउँबाट भूमिका निभाउँछौँ ।’
निर्वाचन जित्ने ठूलो आधार जनताको समर्थन भएको भन्दै उनले एमालेको जित सुनिश्चित भएको दाबी गरे । क्षेत्र नं ५ बाटै राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।