२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

ललितपुर-३ मा तोसिमा, विजय र सन्दनले गराए उम्मेदवारी दर्ता

ललितपुर क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र नेकपा एमालेबाट सन्दन थापा मगरले मनोनयन दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पाटन पुगेर उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । उज्यालो नेपाल पार्टीबाट पन्तलाई अध्यक्ष कुलमान घिसिङले सोमबार टिकट दिएका थिए ।



पन्त उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन् । उनी डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानका सक्रिय थिए । सो क्षेत्रमा यसअघि रास्वपाकी डा.कार्की निर्वाचित भएकी थिइन् । रास्वपाबाट तोसिमा कार्की यस पटक पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्न लागेकी हुन् ।

उनी अघिल्लो कार्यकालमा स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् । दोस्रो पटक उनी सांसद हुने दौडमा लागेकी हुन् । उनी रास्वपाकी केन्द्रीय सदस्य हुन् । 





  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया